सभामुखमा उपसभापति अर्याललाई प्रस्ताव गर्ने रास्वपाको निर्णय


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको सभामुख पदका लागि पार्टी उपसभापति डोलप्रसाद डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ।

आज सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले राखेको सो प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो। सभामुख पदको निर्वाचनका लागि यही चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक राखिएको छ।