काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल पत्थरीको शल्यक्रिया नहुने भएको छ।त्रिवि शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष ओलीले पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गर्ने इच्छा व्यक्त गरेपछि विभिन्न परीक्षण गरिएको थियो।
परीक्षणका क्रममा उनको पिसाबमा संक्रमण देखिएको हो। जसले गर्दा उनको शल्यक्रिया केही दिन पछि सरेको छ। यसअघि नै ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी देखिएको थियो। अब पिसाबको संक्रमण निको भएपछि मात्रै पत्थरीको शल्यक्रिया गरिनेछ।



About Us
प्रतिक्रिया