सुनकाे मूल्य

आज ३६ सय रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति ?

१६५ रुपैयाँले घटयाे


काठमाडौं – आज नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ। सुन तोलामा ३ हजार ६०० रुपैयाँ र चाँदी १६५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो बुधबार छापावाल सुनको प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँ र चाँदी ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।