काठमाडौं – टिकट काउन्टरमा सर्वसाधारण यात्रुहरूलाई दुःख हैरानी दिई अभद्र व्यवहार गर्ने ४८ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले काठमाडौंका विभिन्न स्थानमा सञ्चालित टिकट काउन्टरमा उपत्यका बाहिर जाने सर्वसाधारण यात्रुहरूलाई आफूहरूले भनेको सवारी साधनमा यात्रा गर्नुपर्छ भन्दै अभद्र व्यवहार गर्ने गरेको प्रहरीले बताएको छ।
प्रहरी वृत्त कालीमाटी तथा मातहतबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका १४ बल्खुबाट १९ जनालाई नियन्त्रणमा लिएकाे हाे। साथै, काठमाडौं महानगरपालिका– १४ कलंकी स्थितबाट २४ जना र प्रहरी प्रभाग गोङ्गबु नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले नयाँ बसपार्क स्थितबाट ५ जनालाई नियन्त्रणमा लिएकाे छ।
सर्वसाधारणलाई जबरजस्ती तान्ने, दुःख हैरानी दिई अभद्र व्यवहार गर्ने गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ४८ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया