प्रधानमन्त्रीसँग मधेस प्रदेशका सांसदको छलफल


काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले मधेस प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेका छन्। सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले सम्बन्धित जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा सुझाव लिएका थिए।

जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा प्रधानमन्त्रीलाई सुझाव दिएको छलफलमा सहभागी सांसद मनिष झाले जानकारी दिए।

उनले भने,‘स्वास्थ्य, शिक्षा, पूर्वाधार, भौतिक निर्माण, सिँचाइ, कृषि आदि विषयमा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने विषयमा प्रधानमन्त्रीसंग छलफल भयो।’प्रधानमन्त्री शाहले सुदुरपश्चिम प्रदेशका सांसदसँगको छलफल गरिसकेका छन्।