प्रहरीले नै मनायो अप्रिल फूल !


काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय कार्यालयले तपाईँविरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन, सुनिश्चित गर्नको लागि एक पटक क्युआर कोड स्क्यान गर्नुहोस् भन्दै ‘अप्रिल फुल’ मनाएको छ। प्रहरीले क्युआरमा सचेतना सम्बन्धी सन्देश राखेकाे थियाे।

उक्त पोस्टमा ‘तपाईं विरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ? सुनिश्चित गर्न एक पटक क्यूआर कोड स्क्यान गर्नुहोस्।’ भनेर लेखिएको थियो। तल क्यूआर कोड पनि राखिएको थियो। तर, क्यूआर कोड स्क्यान गर्दा कुनै उजुरी वा सूचना नभई ‘अप्रिल फुल’ सन्देश लेखिएकाे थियाे।

उक्त पोस्टमा ‘तपाईं विरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ? सुनिश्चित गर्न एक पटक क्यूआर कोड स्क्यान गर्नुहोस्।’ भनेर लेखिएको थियो।

त्यसपछि देखिएको सन्देशमा लेखिएको थियोः

‘APRIL FOOL’
तपाईंले स्क्यान गर्नुभएको QR CODE सचेतना अभियानका लागि हो ।
आज हामीले मजाक गरेका थियौं… तर भोलि यस्तै QR बाट तपाईं
SCAM मा पनि पर्न सक्नुहुन्छ ।

याद राख्नुहोस्—
अपरिचित व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त QR CODE स्क्यान नगर्नुहोस् ।
आफूसँगै परिवारका सदस्यलाई पनि सचेत गराउनुहोस् ।
Scan गर्नु अघि सधैं Verify गर्नुहोस् । सचेत हुनुहोस्, सुरक्षित रहनुहोस् ।”