काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत १८ गते सुनको मूल्य तोलामा ७ हजार ४ सय रुपैयाँले बढेको हो।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ। हिजो सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा किनबेच भएको थियो।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १ सय रुपैयाँले बढेको हो। यससँगै आज चाँदी तोलामा ४९ सय ४५ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी तोलामा ४८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।



About Us
प्रतिक्रिया