आज घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?


काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत १६ गते सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घटेको हो।

यससँगै आज सुनको मूल्य तोलामा २ लाख ८३ हजार ५ सय रुपैयाँ पुगेको छ। हिजो सुन प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा २० रुपैयाँले घटेको हो। यससँगै आज चाँदी तोलामा ४७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी तोलामा ४७ सय २० रुपैयाँमा कारोबार भएको थियो।