बेटिङ एप र वेवसाइट नेपालमा २४ घन्टाभित्र बन्द गरिने


काठमाडौं – सरकारले २४ घन्टाभित्र अनलाइन सट्टेबाजी एप (बेटिङ) र त्यससम्बन्धी वेभसाइटलाई २४ घन्टाभित्र बन्द गर्ने भएको छ। मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको ४२ नम्बर बुँदामा यसबारे उल्लेख छ।

कार्यसूचीमा उल्लेख छ, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप (बेटिङ एप) र त्यससम्बन्धी वेवसाइट २४ घन्टाभित्र बन्द गर्ने।’