सरकारले सीआईबीलाई प्रविधियुक्त बनाउन १ करोड रुपैयाँ दिने


काठमाडौं – सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई प्रविधियुक्त बनाउने घोषण गरेको छ। सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १०० बुँदे कार्यसूची सार्वजनिक गर्दै यस्तो बताएको हो। 

जसका लागि तत्कालै कम्तीमा १ करोड रुपैयाँ उपलब्ध गराउने कार्यसूचीको ९४ नम्बर बुँदामा उल्लेख गरिएको छ।