काठमाडौं – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी थालिएको छ । ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिक रूपमा अदालतमा उपस्थित गराउन नसकिने भएकोले भिडियो ‘कन्फ्रेसिङ’को माध्यमबाट उपस्थित गराउन लागिएको हो ।
त्यस्तै, पूर्वगृहमन्त्री रमेश लेखकलाई भने अदालतमा उपस्थित गराइसकेको छ । उनीहरू दुवैलाई अदालत उपस्थित गराएर म्याद थप गर्ने पक्रिया सुरु गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख रमेश थापा बताए ।
साथै, अहिले काठमाडौं जिल्ला अदालत, जिल्ला प्रहरी परिसर काठमाडौं आसपासका क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।



About Us
प्रतिक्रिया