पाँच हजार रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?


काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा पाँच हजार रुपैयाँले र चाँदी ५० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८६ हजार रुपौयँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७२० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८१ हजार रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ६७० रुपौयँ कायम भएको थियो। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको चाँदी ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।