काठमाडौं – सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्रणालीगत बनाउने भएको छ । सरकारले शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची सार्वजनिक गर्दै भ्रष्टाचार नियन्त्रणलाई प्रणालीगत बनाउने बताएको हो ।
भ्रष्टाचार नियन्त्रणलाई प्रणालीगत बनाउन नेपाल राष्ट्र बैंकले १०० दिनभित्र, बैंक खाता, डिजिटल वालेट, शेयर लगानी तथा अन्य वित्तीय गतिविधिहरूलाई समेट्ने समन्वित डिजिटल सम्पत्ति लगत स्थापना गर्ने भएको छ । सोमा जोखिममा आधारित सङ्केत प्रणाली लागू गर्ने तथा सन्देहास्पद कारोबारहरूको स्वचालित पहिचान गरी सम्बन्धित निकायमार्फत अनुसन्धान प्रक्रिया अघि बढाउने सरकारको योजना छ ।



About Us
प्रतिक्रिया