१० वर्षदेखि निष्क्रिय रहेका बैंक खाताको पैसा राज्यकोषमा ल्याइने


काठमाडौं – सरकारले १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खातामा रहेको रकम राज्यकोषमा ल्याउने निर्णय गरेको छ। सरकारले शासकीय सुधारका लागि सार्वजनिक गरेको छ एक सय कार्यसूची मार्फत् साे व्यवस्था गरेकाे हाे।

यसअन्तर्गत त्यस्ता खाताहरूको विवरण सङ्कलन गरी हकवालाले दाबी नगरेको रकम कानुनी प्रक्रिया पूरा गरेर राज्यकोषमा ल्याइनेछ।

निष्क्रिय स्रोतहरूको प्रभावकारी उपयोग र अन्य स्रोतहरूको पहिचान तथा व्यवस्थापनका लागि सरकारले ९० दिनको समयसीमा तोकेको छ।