काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार सुन तोलामा १२ हजार ५ सय रुपैयाँले घट्दै २ लाख ८२ हजार रुपैयाँमा कारोबार भयो। आइतबार घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला ६ हजार ५ सय रुपैयाँले घट्दै २ लाख ७५ हजार ५ सय रुपैयाँमा ओर्लियो।
आइतबार र सोमबार लगातार घटेको सुनको मूल्य मंगलबार पनि घट्यो। मंगलबार तोलामा १ हजार ६ सय रुपैयाँले घट्दै प्रतितोला सुन २ लाख ७३ हजार ९ सय रुपैयाँमा किनबेच भयो। लगातार घट्दै आएको सुनको मूल्यमा बुधबार भने वृद्धि देखियो। त्यसदिन प्रतितोला १४ हजार ६ सय रुपैयाँले बढ्दै २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार किनबेचत भयो।
बुधबार बढेको सुनको बिहीबार र शुक्रबार दुवै दिन घट्यो। बिहीबार २९ सय रुपैयाँ र शुक्रबार ४६ सय रुपैयाँले सुनको मूल्यमा गिरावट देखियो। दुई दिन क्रमशः सुन २ लाख ८५ हजार ६ सय रुपैयाँ र शुक्रबार २ लाख ८१ हजार रुपैयाँमा कारोबार भयो।



About Us
प्रतिक्रिया