काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ। सुन तोलामा चार हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी पनि १५० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८१ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६७० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८५ हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० रूपैयाँ कायम भएको थियो। गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९२० रूपैयाँ कायम भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ४३४ र त्यति नै परिमाणको चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



About Us
प्रतिक्रिया