काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन नपरेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदैछन्।
उनले मध्याह्न १२ः३४ को शुभसाइतमा शपथ लिन लागेका हुन्। अर्थमन्त्री खनालले यसैप्रति टिप्पणी गरेका हुन्। अर्थमन्त्री खनालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘साइत हेरेर सपथ ग्रहण गर्ने’ बालेनको कदमप्रति असन्तुष्टि जनाएका हुन्। उनले लेखेका छन, ‘यो साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन, हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन।’
अर्थमन्त्री खनालले कसैप्रति द्वेष नराखीकन आफूले राय राखेको पनि उल्लेख गरेका छन्। उनले ब्रम्हाण्डीय साइतभन्दा इमानदारी र आशय बढी महत्त्वपूर्ण हुने पनि उल्लेख गरेका छन्।



About Us
प्रतिक्रिया