काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले चैत १३ गते मध्याह्न प्रधानमन्त्रीको शपथ लिने तय भएको छ। पद तथा गोपनीयताको शपथ २०८२ चैत १३ गते शुक्रबार मध्याह्न १२ः३४ मिनेटमा लिने साइत तय भएको हो। स्रोतका अनुसार उक्त साइतमा नै सपथ लिने तयारी गरिएको छ र यसबारे राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकिएको छ।
प्रधानमन्त्रीको शपथ कार्यक्रममा १०८ जना बटुकले स्वस्ति वाचन गर्नेछन् भने १०७ जना बौद्ध लामाहरूले मंगलवाचन गर्ने व्यवस्था गरिएको छ। यसैगरी, ७ जना ब्राह्मणले शंखनाथ गरेर समारोहलाई सनातन परम्पराअनुसार गुन्जायमान बनाउने तयारी गरिएको छ।
धार्मिक र सांस्कृतिक विधिहरूको संयोजनसहित आयोजना गरिने यो सपथग्रहण समारोहलाई विशेष रूपमा हेरिएको छ। प्रधानमन्त्रीको शपथ लिएपछि बालेन २ः१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभारग्रहण गर्नेछन्।



About Us
प्रतिक्रिया