ताेलाकाे कति ?

सुन तोलामा चौध हजार छ सयले बढ्यो


काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा १४ हजार ६०० रूपैयाँले बढेको छ भने चाँदी पनि तोलामा चार सय १५ रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९२० रुपैयाँ कायम भएको छ।

हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५०५ रुपैयाँ कायम भएको थियो। गत सोमबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४२५ रुपैयाँ कायम भएको थियो भने आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८२ हजार रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ५४० रुपैयाँमा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६०० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।