काठमाडौं – कामना सेवा विकास बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको १९ हजार ८०३ कित्ता शेयर बिक्रीमा राखेको हो।
बैंकले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता बैंकको विद्यमान संस्थापक शेयरधनीलाई दिएको जनाएको छ।सो शेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्।
इच्छुकले बैंकको केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया