हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष गोल्छाले दिए राजीनामा


काठमाडौं – हिमालयन रिइन्स्योरेन्स लिमिटेडका सञ्चालक समिति अध्यक्ष शेखर गोल्छाले पदबाट राजीनामा दिएका छन्। उनले सो पदबाट गत फागुन २५ गते बसेको राजीनामा दिएका हुन्।

कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले उनले दिएको राजीनामा स्वीकृत गरेको हो। उनले राजीनामा दिनुकाे कारण खुलाएका छैनन्।