दुई दिनमा १९ हजारले घट्याे सुनकाे मूल्य, ताेला कति ?


काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत ९ गते सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको हो।

यससँगै आज सुनको मूल्य तोलामा २ लाख ७५ हजार ५ सय रुपैयाँ पुगेको छ। हिजाे १२ हजार ५ सय रूपैयाँले घट्दै प्रतितोला सुन २ लाख ८२ हजार रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ११५ रुपैयाँले घटेको हो। यससँगै आज चाँदी तोलामा ४४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।