काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आजदेखि संस्थापक शेयरधनीको नाममा रहेको २ लाख बढी शेयर बिक्रीमा राखेको छ। बैंकले ६ जना संस्थापक शेयरधनीको नाममा रहेको २ लाख ५३ हजार ३६७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
बैंकले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता बैंकको विद्यमान संस्थापक शेयरधनीलाई दिएको जनाएको छ। उक्त शेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्।
इच्छुक आवेदकले बैंकको शेयर रजिष्ट्रार कार्यालय आईजी प्लाजा कमलादी काठमाडौंबाट आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया