साताको सुन कारोबारः १४ हजार ९ सय रुपैयाँले घट्यो मूल्य


काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घट्यो। त्यसदिन ४ हजार ८ सय रुपैयाँले घट्दै प्रतितोला सुन ३ लाख ९ हजार ४ सय रूपैयाँमा किनबेच भयो।

आइतबार घटेको सुनको मूल्य सोमबार १ सय रुपैयाँले बढ्यो। त्यसदिन प्रतितोला सुनको मूल्य ३ लाख ९ हजार ५ सय रूपैयाँ पुग्यो। यस्तै, मंगलबार चार सय रूपैयाँले बढ्दै प्रतितोला सुन ३ लाख ९ हजार ९ सय रूपैयाँ पुग्यो।

बुधबार प्रतितोला २ हजार २ सय रुपैयाँले घट्दै प्रतितोला ३ लाख ७ हजार ७ सय रूपैयाँमा कारोबार भयो। बिहीबार पनि सुनको मूल्य ५हजार ४ सय रूपैयाँले घट्दै ३ लाख २ हजार ३ सय रूपैयाँमा कारोबार भयो।

शुक्रबार प्रतितोला ७ हजार ८ हजार रुपैयाँले घट्दै प्रतितोला सुन २ लाख ९४ हजार ५ सय रूपैयाँमा सीमित भयो। यो साता समग्रमा सुनको मूल्य १४ हजार ९ सय रुपैयाँको गिरावट देखियो।