काठमाडौं – युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आजदेखि संस्थापक शेयरधनीको नाममा रहेको २६ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले माछापुच्छे ब्रिक फ्याक्ट्री प्रालिको नाममा कायम रहेको २६ हजार ९७४ कित्ता शेयर बिक्रीमा राखेको हो। कम्पनीले उक्त शेयरको प्रतिकित्ता मूल्य १७० रुपैयाँ तोकेको छ।
सो शेयर खरिदका लागि कम्पनीले आफ्नै समुहको संस्थापक शेयरधनीलाई नै पहिलो प्रथामितामा राखेर बिक्रीमा राखेको छ। सो शेयर खरिद गर्न इच्छुक कम्पनीका संस्थापक शेयरधनीले यो सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्। इच्छुक खरिदकर्ताले कम्पनी प्रधान कार्यालय सिटिसि मल सुन्धाराका निवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया