सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

आज ५४ सय रुपैयाँले घट्याे सुन


काठमाडौं– नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत ५ गते सुनको मूल्य तोलामा ५४ सय रुपैयाँले घटेको हो।

यससँगै आज सुनको मूल्य तोलामा ३ लाख २ हजार ३ सय रुपैयाँ पुगेको छ। हिजो सुन प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो। हिजो दुई हजार २०० रुपैयाँले घटेको मुल्य आजपनि घटेसँगै दुई दिनमा ७ हजार ६ सय रुपैयाँले घटेको छ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १४० रुपैयाँले घटेको हो। यससँगै आज चाँदी तोलामा ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी तोलामा ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।