काठमाडौं – सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको गत फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनार्थसहित ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ।
सो लाभांश नेपाल बीमा प्रधिकरणबाट स्वीकृत भई कम्पनीको आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात् वितरण गरिनेछ।



About Us
प्रतिक्रिया