कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – कामना सेवा विकास बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १४ हजार ७९ कित्ता शेयर बिक्रीमा राखेको हो।

बैंकले सो शेयर खरिदका लागि पहिलो प्रथामिकता बैंकको विद्यमान संस्थापक शेयरधनीलाई दिने जनाएको छ। सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

सो शेयर खरिदका लागि बैंकको केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंबाट आवेदन दिन सक्नेछन्।