हामीले मात्तिएर होइन संयमित भएर काम गर्नुपर्छः सभापति लामिछाने


चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनभावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रमुख निर्वाचन अधिकृतबाट विजयी भएको प्रमाणपत्र लिएपछि पत्रकारहरुसँग सङ्क्षिप्त कुरा गर्दै उनले राष्ट्र निर्माणलाई केन्द्रमा राखेर काम गर्ने बताए।

जनताले दिएको जिम्मेवारी पूरा गर्न सजिलो नभएको भन्दै उनले लोकतन्त्रमा फरक मतको सम्मान गर्दै अघि बढ्ने बताए। उनले भने, ‘हामी मात्तिएर होइन संयमित भएर काम गर्नुपर्छ। प्रतिपक्षलाई होच्च्याउनु हुँदैन। लोकतन्त्रमा फरक मतको सम्मान गर्नुपर्छ।’