काठमाडौं – माघ महिनामा देशभरबाट कुल ४ हजार ५६१ वटा वटा वटा विभिन्न अपराधका मुद्दा दर्ता भएका छन्। ती मध्ये बैंकिङ्ग कसुरको मात्र १ हजार १७ वटा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ।
प्रहरीमा परेका कुल उजुरीमध्ये बैंकिङ्ग कसुरका मात्र २२.२९ प्रतिशत रहेको छ। यसैगरी, चोरीका ३६८ वटा र ठगीका १६९ वटा उजुरी दर्ता भएका छन्।
माघ महिनामा सबैभन्दा बढी उजुरी काठमाडौं उपत्यकामा दर्ता भएको छ। यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशमा दर्ता भएको छ। काठमाडौं उपत्यकामा १ हजार ३३७ वटा उजुरी दर्ता भएका छन्।
कोशीमा ७७५ वटा, मधेसमा ७०४ वटा, लुम्बिनीमा ५७३ वटा, बाग्मती प्रदेशमा ३ सय ८८, गण्डकीमा ३६७ वटा, सुदूरपश्चिममा २५८ वटा र कर्णालीमा १५९ वटा विभिन्न अपराधका मुद्दा दर्ता भएका छन्।



About Us
प्रतिक्रिया