काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३२ सय रुपैयाँले बढेको हो।
योसँगै प्रतितोला छापावाल सुन ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला सुन ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १७० रुपैयाँले बढेको हो। आज चाँदी तोलामा ५ हजार ५९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो।



About Us
प्रतिक्रिया