बैंकले ताइवानदेखि ल्याउँछन् पैसा गन्ने स्व:चालित मेसिन, चीन र भारतबाट एटिएम


काठमाडौं – नेपालका बैंकहरुले २०८२/८३ मा चीन, भारत, कतार, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट अटोमेटिक टेलर मेसिन (एटिएम) आयात गरेका छन्। चालू वर्षको यो अवधिमा विश्वभरका झन्डै आधा दर्जन देशबाट एटिएम मेसिन आयात गरेका हुन्।

यस अवधिमा नेपालका विभिन्न बैंकहरुले ८५८ वटा एटिएम मेसिन ल्याएका छन्। जसमध्ये भारतबाट सबैभन्दा धेरै १ करोड २९ लाख ७७ हजार रुपैयाँ बराबरको ६९८ वटा एटिएम भित्र्याएका छन् भने त्यसपछि चीनबाट १५३ वटा मेसिन भित्रिएका छन्।

यस्तै, कतार ५ वटा एटिएम मेसिन आयात हुँदा अमेरिका र यूएईबाट समान १–१ थान मेसिन आयात भएका छन्। यसैगरी, यो अवधिमा उल्लेख्य मात्रामा पैसा गन्ने मेसिन समेत आयात भएको छ। तथ्यांकअनुसार भारत र ताइवानबाट नेपालमा ‘अटोमेटिक बैंक नोट डिस्पेन्सर’ आयात भएका छन्।

भारतबाट सबैभन्दा धेरै १ करोड २३ लाख रुपैयाँभन्दा बढीको १ हजार ५९ वटा सो मेसिन आयात भएका छन्। यसैगरी, ५७ लाख बराबरको ४४ वटा अटोमेटिक बैंक नोट डिस्पेन्सर भित्रिएका छन्।