लुम्बिनी विकास बैंकमा कर्मचारी आवश्यक, के-के चाहिन्छ योग्यता ?


काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडले देशभरका विभिन्न शाखाहरूको लागि कर्मचारी माग गरेको छ। बैंकले शाखा प्रबन्धक (अधिकृत स्तर (वरिष्ठ अधिकृत­/अधिकृत/ कनिष्ठ अधिकृतका लागि केही संख्यामा कर्मचारी मागेको हो।

योग्य तथा इच्छुक लगानीकर्ताले फागुन २० गतेसम्म आवेदन दिन सक्नेछन्। सो पदमा इच्छुक आवेदकले मान्यता प्राप्त विश्वविद्यालय वा कलेजबाट व्यवस्थापनमा कम्तिमा स्नातक डिग्री हासिल गरेको हुनुपर्छ।

त्यस्तै, आवेदनकहरूसँग बैंक वित्तीय संस्थाहरूमा शाखा प्रबन्धकको रूपमा कम्तिमा दुई वर्षको अनुभव सहित शाखा सञ्चालन र क्रेडिट कार्यहरूमा कम्तिमा छ वर्षको कुल बैंकिङ्ग अनुभव हुनुपर्ने बैंकले जनाएको छ। त्यससँगै, सो पदमा आवेदन दिन इच्छुक व्यक्तिको उमेर हद ४० वर्षभन्दा तल तोकेको छ।