भरुवा बन्दुकसहित दुई जना पक्राउ


काठमाडौं – देवघाट गाउँपालिका– ४ बाट भरुवा बन्दुक २ थानसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको  छ। पक्राउ पर्नेहरूमा सोही गाउँपालिका– ४ सार्वाङ बस्ने ४० वर्षीय पुर्ण बहादुर गुरुङ र २४ वर्षीय अर्जुन गुरुङ रहेका छन्। 

इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।