काठमाडौं – महाशिवरात्रिकाे अवसर पारेर नेपाल प्रहरीले शिवभक्तिको नाममा लागूपदार्थ सेवन नगर्न सर्वसाधारणलाई अपिल गरेको छ। प्रहरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा ‘शिवको भक्ति श्रद्धा र आराधनामा हुन्छ, नशा र धुवाँमा होइन’ उल्लेख गर्दै धार्मिक आस्थालाई गलत ढंगले व्याख्या गरी नशालु पदार्थ प्रयोग नगर्न आग्रह गरेको हो।
सन्देशसहित सार्वजनिक गरिएको तस्वीरमा भगवान शिवको आराधना गरिरहेका भक्तजन, शिवलिङ्ग तथा दीप प्रज्वलनको दृश्यसँगै गाँजा, सुई, चुरोट र अन्य लागूपदार्थ प्रयोगविरुद्ध ‘नो’ चिन्ह देखाइएको छ। नेपाल प्रहरीले धार्मिक आस्थालाई सम्मान गर्दै समाजमा लागूपदार्थ दुरुपयोग नियन्त्रण गर्न सबैको साथ र सहयोग आवश्यक रहेको जनाएको छ।



About Us
प्रतिक्रिया