काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप ५.७ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुससम्म निक्षेप ४ खर्ब १७ अर्ब ४८ करोड रूपैयाँले बढेको हो। तथ्यांकअनुसार ५.७ प्रतिशतले बढेसँगै बैंक तथा वित्तीय संस्थाको निक्षेप ७६ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.७ प्रतिशत (रु.२३९ अर्ब ६ करोड) ले बढेको थियो।
वार्षिक विन्दुगत आधारमा २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.८ प्रतिशतले बढेकोछ २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.९प्रतिशत, ४१.३ प्रतिशत र ४२.८ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.६ प्रतिशत,३४.१ प्रतिशत र ५२.६ प्रतिशत रहेको थियो। २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.१ प्रतिशत रहेको छ। २०८१ पुस मसान्तमा यस्तो निक्षेपको अंश ३५.५२ प्रतिशत रहेको थियो।



About Us
प्रतिक्रिया