काठमाडौं – नेपाल राष्ट्र बैंकले निर्देशन उल्लङ्घन गरेको पाइएपछि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गराएको छ। राष्ट्र बैंकले जारी गरेको इ.प्रा. निर्देशन नं. २/०८१ को बुँदा नं. ३(९)(ज) को पूर्ण अनुपालना नगरी कर्जाको सुरक्षण सुनिश्चित नहुने गरी कर्जासम्बन्धी कागजातमा ग्राहकको सहीछाप नगराइएको तथा सुरक्षणले खामेकोभन्दा बढी कर्जा प्रवाह गरिएको पाइएको जनाएको हाे।
त्यसैगरी, इ.प्रा. निर्देशन नं. १५/०८१ को बुँदा नं. ३(७) को पूर्ण पालना नगरी एउटै प्रकृतिका कर्जाहरूमा ब्याजदर अन्तर २ प्रतिशत विन्दुभन्दा बढी कायम गरिएको पनि भेटिएको छ। यसैगरी, चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ को बुँदा नं. ८.५ र १०.१२ को पूर्ण अनुपालना नगरी त्रैमासको अन्तिम महिनाहरूमा नयाँ अल्पकालीन कर्जा प्रवाह गरी ती कर्जालाई कर्जा असुलीमा प्रयोग गरिएको पाइएको राष्ट्र बैंकले उल्लेख गरेको छ।
उक्त उल्लङ्घनका आधारमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा (२) को खण्ड (क) बमोजिम बैंकका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।



About Us
प्रतिक्रिया