काठमाडौं – नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई जरिवाना तिराएको छ । केन्द्रीय बैंकले नियम नमानेको भन्दै बैंकलाई जरिवाना तिराएको हो ।
एनआईसी एशिया बैंकले राष्ट्र बैंकबाट जारी गरिएको निर्देशन बारम्बार उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशन गर्दै आएको र यस बैंकबाट उक्त बैंकलाई जारी गरिएको लिखित आदेशको समेत पालना नभएको भन्दै राष्ट्र बैंकले कारबाही गरेको हो ।
केन्द्रीय बैंकले बैंकका तत्कालीन सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोश्रो संशोधन २०७३ सहित) को दफा १०० उपदफा २(ग) बमोजिम २/२ लाख नगद जरिवाना गराएको हो ।



About Us
प्रतिक्रिया