काठमाडौं – चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान र गोली ४ राउण्डसहित कीर्तिपुर नगरपालिका– २ बस्ने ३० वर्षीय केयुर पुरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.१९ च ६९० नम्बरको कार तलासी गर्दा उक्त पेस्तोल फेला पारी कारमा सवार उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया