राष्ट्रिय वाणिज्य बैंकले माग्यो ६२ जना कर्मचारी


काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले ६२ जना कर्मचारी माग गरेको छ । बैंकले सातै प्रदेशका लागि चौथो तहको सहायक र सहायक पदका लागि आवेदन खुलाएको हो।

बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो। बैंकमा काम गर्न चाहनेको उमेर १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ। इच्छुक व्यक्तिले फागुन २१ गतेसम्म र दोब्बर दस्तूर तिरेर फागुन २८ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्।