एनआईसी एशिया बैंकले लाभांश नदिने


काठमाडौं – एनआईसी एशिया बैंकले लाभांश नदिने भएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो।

बैंकको माघ २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो। सोही बैठकले लाभांश बिनाको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ।