ओरिएन्टल इन्स्योरेन्सको नाफा बढ्यो


काठमाडौं – ओरिएन्टल इन्स्योरेन्स कम्पनीले नाफामा सुधार गरेको छ। कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १६ करोड २२ लाख नाफा आर्जन गरेको हो। गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनी १९ करोड ७५ लाख घाटामा रहेको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रिटेन्ड अर्निङ ११ करोड ५१ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा ८२ करोड ८४ लाख रहेको छ। समीक्षा अवधिमा कम्पनीले १ अर्ब ५ करोड १५ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने ६५ करोड ८३ लाख खुद बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले पुससम्ममा पुनर्बीमा मार्फत ३९ करोड ३१ लाख खर्चिएको छ।

कम्पनीको महाविपत्ति कोषमा ७ करोड ५७ लाख रहेको छ भने जगेडा कोषमा ११ करोड ५१ लाख सञ्चित रहेको छ।