काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफामा सुधार आएको छ। कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २७ करोड ६१ लाख नाफा आर्जन गर्न सफल भएको छ। गत वर्षको पुससम्म कम्पनीले २३ करोड १६ लाख नाफा आर्जन गरेको थियो।
पुससम्म कम्पनीको जीवन बीमा कोषमा २१ अर्ब ९० करोड ३४ लाख रहेको छ। समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने ३ अर्ब ५५ करोड ६२ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।
हाल कम्पनीको महाविपत्ति कोषमा १७ करोड ५३ लाख र रिटेन्ड अर्निङमा २६ करोड ५७ लाख छ । यता कम्पनीको अन्य इक्विटी भने २ करोड ७० लाख रुपैयाँले ऋणात्मक रहेको छ।



About Us
प्रतिक्रिया