एलआईसी नेपालको नाफा बढ्यो, कस्ता छन् अन्य सूचक ?


काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २२ करोड बढी नाफा आर्जन गरेको छ।

कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै २२ करोड ४५ लाख नाफा आर्जन गरेको उल्लेख गरेको हो । गत आर्थिक वर्षको पुससम्म कम्पनीले १४ करोड १७ लाख नाफा आर्जन गरेको थियो।

पुस मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ३९ अर्ब ८८ करोड रहेको छ। चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले बीमा अभिकर्तालाई ७२ करोड ८३ लाख कमिशन दिएको छ।

हाल कम्पनीको महाविपत्ति कोषमा ७५ करोड ५४ लाख, रिटेन्ड अर्निङमा २ अर्ब ४९ करोड ४२ लाख र अन्य इक्विटीमा ३४ करोड ४८ लाख रहेको छ।