६ महिनामा मेट लाइफले कमायो २० करोड बढी नाफा


काठमाडौं – चालु आर्थिक वर्षको ६ महिनामा मेट लाइफ इन्स्योरेन्सले २० करोड बढी नाफा आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २० करोड ३५ लाख नाफा कमाएको हो । गत आथिक वर्षको यही अवधिमा कम्पनीले २२ करोड २५ लाख नाफा आर्जन गरेको थियो ।

पुससम्म जीवन बीमा कोषमा ३१ अर्ब ९ करोड ३९ लाख रहेको कम्पनीले समीक्षा अवधिमा ३ अर्ब २४ करोड २१ लाख बराबर कुल बीमा शुल्क आर्जन गरेको छ । पुस मसान्तससम्ममा कम्पनीले ३ अर्ब १० करोड ९० लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।

चालु वर्षको पुस मसान्तसम्ममा कम्पनीको महाविपत्ति कोषमा ६३ करोड २७ लाख रहेको छ ।