६ महिनामा एनएलजी इन्स्योरेन्सको नाफा १ करोड


काठमाडौं – एनएलजी इन्स्योरेन्सको नाफामा गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको पुसमसान्तसम्ममा १ करोड १० लाख मात्रै नाफा कमाएको हो । जबकी गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ४५ लाख नाफा आर्जन गरेको थियो ।

दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ६३ करोड ६० लाख कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले समीक्षा अवधिसम्म ४५ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ५६ करोड रहेको छ भने महाविपत्ति कोषमा ८ करोड ७१ लाख र जगेडा कोषमा २२ लाख सञ्चित रहेको छ। कम्पनीको कुल सम्पत्तिको मूल्य ९ अर्ब ८७ करोड रुपैयाँभन्दा माथि रहेको छ।