काठमाडौं – राष्ट्रिय बीमा कम्पनीको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको गत आर्थिक वर्षको तुलनामा नाफामा गिरावट आएको हो ।
गत आर्थिक वर्षको पुस मसान्तसम्म ४४ करोड ६९ लाख नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको पुससम्ममा १७ करोड ७२ लाख खुद नाफा आर्जन गरेको हो । कम्पनीको खुद बीमा शुल्कमा पनि गिरावट आएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म १६ करोड ७ लाख खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ८ करोड ५८ लाख खुद बीमाशुल्क आर्जन गरेको हो ।
कम्पनीले अभिकर्तालाई कमिशन बापत १५ लाख दिएको छ । हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रहेको छ भने महाविपत्ति कोषमा ७० करोड ११ लाख र जगेडा कोषमा २ अर्ब ५५ करोड ३३ लाख सञ्चित रहेको छ ।



About Us
प्रतिक्रिया