काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म ३ करोड बढी नाफा आर्जन गरेको छ । कम्पनीले पुससम्ममा क३ करोड ७३ लाख नाफा आर्जन गरेको हो ।
जबकी गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ६ करोड ५८ लाख नाफा कमाएको थियो । गत भदौमा भएको जेनजी आन्दोलन र असोजको बाढीले कम्पनीको नाफलामा गिरावट आएको हो ।
समीक्षा अवधिसम्ममा कम्पनीले २ अर्ब ३० करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। पुस मसान्तसम्म १ अर्ब १६ करोड ४५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ।
हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ६२ करोड २६ लाख रहेको छ भने महाविपत्ति कोषमा २१ करोड ७१ लाख, रिटेन्ड अर्निङमा १० करोड २९ लाख र अन्य इक्विटीमा ४७ करोड १५ लाख रहेको छ।



About Us
प्रतिक्रिया