काठमाडौं –पछिल्लो समयमा बढ्दै गइरहेको साइबर ठगीका घटना बढ्दै गएकाले गर्दा सर्वसाधारणलाई आफ्नो ओटिपी र पासवर्ड कसैलाई नदिन प्रहरीले अनुरोध गरेको छ।
प्रहरीले प्रेम दिवसका अवसर परेर एक सचेतना सन्देश सार्वजनिक गर्दै माया गर्नेले मन माग्छ तर साइबर ठगले ओटिपी र पासवर्ड माग्ने सन्देश जारी गर्दै साे अनुराेध गरेकाे हाे।
त्यसैले आफ्नो गोप्य विवरण कसैलाई नदिन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ। प्रहरीले उक्त सचेतना सन्देशमा ‘माया साटासाट गरौँ तर ओटिपी र पासवर्ड होइन है’ भनेको छ। ठगहरूले प्रायः प्रेम, मित्रता वा आपत्कालीन अवस्थाको बहाना बनाएर संवेदनशील जानकारी माग्ने गरेका छन्।



About Us
प्रतिक्रिया