काठमाडौं – बैंकिङ्ग कसुर र चोरी मुद्दाका फरार तीन प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंका लक्ष्मी लामा थापा, महोत्तरीका अब्दुल हसन शेष र रामेछापका हरिराम खत्री रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका मध्ये थापालाई बैंकिङ्ग कसुर मुद्दामा एक दिन कैद, शेषलाई पाँच दिन कैद र ३ हजार जरिवाना र खत्रीलाई चोरी सम्बन्धी कसुरमा २ महिना कैद र १० हजार जरिवाना तोकिएको थियो।
उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया